गोदावरी १ को बजेट १ करोड ११ लाख बढी सार्वजनिक

आ.व. ०७८।०७९ को जेठ महिनासम्मको राजश्व ३८ लाख ९६ हजार बढी संकलन

अत्तरिया, १ असार- गोदावरी नगरपालिका १ नं.वडा कार्यालय अत्तरिया कैलालीले छैठौ वडा भेला सम्पन्न गरेको छ । निती तथा कार्यक्रम प्रस्तुत गर्दै वडा अध्यक्ष गोपाल दत्त भट्टले सिगो वडाको बिकास लागि निरन्तर रुपमा लागि रहने बताएका थिए । यस वडा कार्यालयको आ.व. ०७८।०७९ को जेठ महिनासम्मको राजश्व ३८ लाख ९६ हजार २ सय ३१ पैसा४८ संकलन गरिएको बताए ।

उक्त वडा भेलामा आर्थिक बर्ष ०७९।८० को गोदावरी नगरपालिकाबाट प्राप्त बजेट, सिलिङ्ग र मार्गनिर्देशन बमोजिम १ करोड ११ लाख ७७ हजार ८ सय ५३ बजेट प्राप्त गरेको छ ।

Navadurga sun

त्यसमध्ये पुर्वाधार विकास तर्पm ८० लाख छुट्याइएको छ । त्यस्तै सामाजिक विकास तर्पm १६ लाख छुट्याइएको छ । त्यस्तै आर्थिक विकास तर्फ ६ लाख २५ हजार रकम छुट्याइएको छ । त्यस्तै वातावरण तथा विपद व्यवस्थापन तर्फ १ लाख रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै सुशासन तथा संस्थागत विकास तर्पm ८ लाख ५२ हजार ८ सय ५३ रुपैयाँ छुट्याइएको उक्त वडा भेला मार्फत जनाएको छ ।

गोदावरी नगरपालिका वडा नं.१ का वडा गोपाल दत्त भट्टको अध्यक्षतामा भएको छैटौं वडा भेला कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट रहनु भएको थियो भने बिशिष्ट अथितिमा नगर उप-प्रमुख शारदा देवी रोकाया रहेकी थिईन् ।

त्यसैगरी गोदावरी नगरपालिका वडा नं.३ का वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सदस्यहरु, संस्थाका प्रतिनिधिहरु, समाजसेवी, वृद्धिजिवी, वडावासीहरु लगायतको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...