धनगढी उपमहानगरपालिकाले नालाहरूको अतिक्रमण हटाउन सुरु

Dadeldhura hospital

धनगढी, १ असार- धनगढी उपमहानगरपालिकाले धनगढीका नालाहरूको अतिक्रमण हटाउन सुरु गरेको छ । धनगढी डुवानको मुख्य कारण खोलानाला अतिक्रमण भएकाले खोलानाला अतिक्रमण नहटाउन्जेल सम्म धनगढी डुवानको समस्या समाधान नहुने भन्दै बुधबार देखि नालाहरूको अतिक्रमण अटाउन सुरु गरिएको नगर प्रमुख गोपाल हमालले बताए ।

बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर बालबिहानीबाट खोलानाला अतिक्रमण हटाउने कार्य प्रारम्भ गरेको नगर प्रमुख हमालले बताए । सो कार्यमा सहयोग गरिदिनहुन सम्पूणर् धनगढीवासीमा उनले अपिल गरेका छन् । पछिल्लो समय धनगढीका नालाहरू अतिक्रमण भएकै कारण धनगढी डुवानमा पर्दै आएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...