पदम मेमोरियल कपको उपाधि किङस युथ क्लवलाई

हरिश चन्द
डडेल्धुरा, ३१ जेठ- डडेल्धुरामा पदम मेमोरियल कपको उपाधि किङ्स युथ क्लबले हात पारेको छ । पदम भण्डारीको स्मृतिमा डडेल्धुराको किङ्स युथ क्लबद्वारा आयोजित पदम मेमोरियल कप जिल्ला स्तरीय खुल्ला टि २० पुरुष क्रिकेट प्रतियोगिता मंगलवार भएको फाईनल खेलमा पर्शुराम नगरपालिकालाई पराजित गर्दै फाईन जित हात पारेको हो ।

कप्तान सुनिल तामाङले टस जितेर ब्यटिङ रोजेको किङ्स युथ क्लबले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा पर्शुराम नगरपालिकालाई १४६ रनको लक्ष्य दिएको थियो ।

Navadurga sun

किङ्स युथ क्लबका खेलाडि किसन साउदले २ छक्का र २ चौकाको सहयोगमा ४१ रन हरिश चन्दले ३ छक्का १ चौका को साथमा २५ रन निरन्जन रावलले २ छक्का र १ चौका प्रहार गर्दा २१ रन अमुन रावलले ४ चौका प्रहार गरि १९ रन सुनिल तामाङ १४ रन वनाउदा पर्शुराम नगरपालिकालाई विजय हुन समस्या भएको थियो । पर्शुराम नगरपालिकाका खेलाडि प्रशान्त जोशीले दुई विकेट, धिरेन्द्र साउद, हर्क भण्डारी, धिरज जोशीले सामान एक विकेट हात परेका थिए ।

जवाफिमा पर्शुराम नगरपालिका खेलाडि घिरज साउदले ३२ प्रशान्त जोशीले १७ रन हर्क भण्डरी १५ अन्य खेलाडि भने खासै खेल्न सकेनन । किङ्स युथ क्लवका किसन साउदले ४ विकेट, गणेश देउवाले २ विकेट अमृत पाडकले एक विकेट सन्तोष भट्टले दुई विकेट हात पारेपछि पर्शुराम नगरपालिकालाई २२ रनले जित हात पारेको हो ।

उक्त प्रतियोगितामा म्यन अफ द म्याच किङ्स युथ क्लवका किसन साँउद घोषित भएका थिए । प्रतियोगितामा म्यन अफ द सिरिज सुनिल तामाङ घोषित भएका थिए भने बेष्ट बलर पर्शुराम नगरपालिका हर्क बहादुर भण्डारी घोषित भए । त्यस्तैै राजिङ खेलाडिमा विश्वास श्रेष्ठ घोषित भएको आयोजकले जनाएको छ । म्यान अफ द सिरीज र राजिङ खेलाडिलाई पुर्व राष्ट्रिय खेलाडि जगदिश पनेरुले ५ हजार रुपैया पुरुस्कार प्रदान गर्न भएको थियो ।

पनेरुले क्रिकेट प्रतियोगिताका लागि म्यटको पनि ब्यबस्था गरेको किङ्स युथ क्लवका अध्यक्ष गणेश देउवाले जानकारी दिनु भयो । विजेता टिमले नगद ३० हजार ट्रफि, प्रमाण पत्र र मेडल पाएका थिए भने उप विजेताले १५ हजार ट्रफि, प्रमाण पत्र र मेडल प्रदान गरेको आयोजकले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...