


अत्तरिया, ३१ जेठ– प्रस्तावित गेटा मेडिकल कलेजमा निःशुल्क स्वास्थय शिबिर सञ्चालन गरिएको छ । गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै दबाब स्वरुप उक्त शिविर आयोजना गरिएको हो ।



मंगलबार मध्यान्ह देखी बिभिन्न स्वास्थ्य संस्थाहरुको सहयोगमा मेडिकल कलेजको मुल गेटमा सांकेतिक रुपमा बिरामीहरुको स्वास्थ्य चेकजाँच गरिएको समितीका सदस्य प्रमोद अधिकारीले बताए ।


दबाबको लागी एक महिना अघि अत्तरियामामा संघर्ष बनाइएको थियो । समितीले चरणबद्द दबाबका कार्यक्रम गर्दै आएको छ। सरकारले कुन मोडेलमा कलेज सन्चालन गर्ने भन्ने कुराको अझै टुङो लगाएको छैन । बजेट मार्फत भने सुदूरपश्चिम विश्वबिद्यालय सँगको समन्वयमा सन्चालन गर्ने भनेको छ ।





