कैलाली जिल्ला समन्वय समितिको मतदान सुरू

धनगढी, ३० जेठ- कैलाली जिल्ला समन्वय समितिको मतदान सुरू भएको छ । समिति गठनका लागि सोमबार बिहान साढे ७ बजेदेखि मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Dadeldhura hospital

जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्ता गठबन्धनमा आवद्ध दलबीच तालमेल भएको छ भने एमाले र नागरिक उन्मुक्ति पार्टीले छुट्टै तालमेल गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पहिलो भोट गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले हालेका छन् ।

Navadurga sun
Godawari sandesh

समितिको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल र नागरिक उन्मुक्ति पार्टीबाट इन्द्र चौधरीको उम्मेदवारी छ । जिल्लामा १३ पालिकाका २६ जना मतदाता छन् । तर भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निणर्यपछि मतदाता संख्या २५ मा झरेको छ ।

२५ जनामध्ये सत्ता गठबन्धनका १२ जना छन् । अर्कोतर्फ कैलालीमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले तालमेल गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका ७ र एमालेका ५ मतदाता जोड्दा उनीहरूको पनि १२ पुग्छ । यस्तो अवस्थामा धनगढी उपमहानगरपालिकामा स्वतन्त्रबाट विजयी गोपाल हमाल जिसस चुनावमा निणर्ायक हुने देखिएको छ ।

Loading...