


प्रकाशबहादुर बोहरा
अत्तरिया, ३० जेठ- गोदावरी नगरपालिका ७ नं.वडा कार्यालय जमुनानगर कैलालीले आ.व.०७९/८० को छैटौं वडा भेला सम्पन्न गरेको छ ।उक्त वडा भेलामा आर्थिक बर्ष ०७९।८० को निती तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । निती तथा कार्यक्रम प्रस्तुत गर्दै वडा अध्यक्ष कलावती साउँदले अघिल्ला ५ वर्षमा भएको प्रगतीहरुको बारेमा पनि केही प्रकाश पारेकी थिइन ।


आगामी आ.व.०७९।८० मा यस वडा परिवारले “मेरो वडा विकासमा मेरो सहभागीता” भन्ने मुल मन्त्रलाई आत्मसात गरि निति तथा कार्यक्रम प्रस्तुत गरेका थिइन । गोदावरी नगरपालिका मार्फत ९३ लाख ४ सय ४१ रुपैयाँ प्राप्त भएको र भौतिक पूर्वाधार विकास तर्फ ६१ लाख ५० हजार प्राथमिकताका आधारमा कार्यक्रमहरु सञ्चालन गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


त्यस्तै सामाजिक विकास तर्फ ८ लाख ५० हजार २ सय २० रुपैया ७५ पैसा छुट्याइएको छ । त्यस्तै आर्थिक विकास तर्फ १२ लाख ५० हजार २ सय २० रुपैया ७५ पैसा बिनियोजिन गरिएको छ । त्यस्तै वातावरण तथा विपद व्यवस्थापन तर्फ १ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
त्यस्तै सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकास तर्फ ४ लाख ५० हजार रुपैयाँ बिनियोजन गरिएको उक्त निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै अन्य कार्यालय संचालनमा ५ लाख रकम विनियोजन गरिएको उक्त निनि तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गोदावरी नगरपालिका वडा नं.७ का वडा अध्यक्ष कलावती साउँदलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट रहनु भएको थियो । गोदावरी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष गोविन्द चौधरी बिशिष्ठ अतिथी रहनु भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले सबैमा धन्यवाद ज्ञापन गर्दै १२ वटै वडाको समग्र विकास कसरी गर्न सकिन्छ भन्ने बिषयका लागि विभिन्न वडाहरुको बजेट तर्जुमा गने सिलसिलामा अगाडी बढीरहेका छौ । जसको सिलसिलामा वडा नं.७ मा जे जती पनि टोलहरु छन् यहाँका जे जति पनि समस्याहरु छन त्यो सबैको उपस्थितिमा बनेको योजनाहरु होलन भन्ने विश्वास आफुले लिएको बताए ।
समग्र विकासका लागि जो जनसुकै पाटीका भएपनि जनता भएपनि हामी सबैको प्रतिनिधीत्व हामी समग्र गोदावरीको विकासका लागि एक भएर्र एक भएर अगाडी बढ्नु पर्छ यो हाम्रो जिम्मेवारी पनि हो भनेर कार्यपालिकाको बैठकमा समेत आफुले भनेको बताए ।
त्यस्तै वडा अध्यक्ष साउँदले हामिहरू सबैले एकजुट भएर जानू पर्ने हामी सबै एक घरका परिवार जस्तै हौं भन्ने सोचका साथ अगाडी बढ्नु पर्ने बताइन ।
त्यसैगरी गोदावरी नगरपालिका कार्यपालिकाका सदस्य चन्द्रा भुल, वडासदस्यहरु, जनप्रतिनिधिहरु, समाजसेवी, वृद्धिजिवी, वडावासीहरु लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन सिद्ध बोहराले गरेका थिए ।
निति तथा कार्यक्रम:






