कसैको विश्वास टुट्न नदिने नवनिर्वाचित अध्यक्ष कुँवरको उद्घाेष

धनगढी, २९ जेठ– कैलाली उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पुष्पराज कुँवरले सबैको साथ सहयोग लिएर अघि बढ्ने बताएका छन् ।

Dadeldhura hospital

आइतबार सम्पन्न मतगणना अनुसार सुरेन्द्र राठीलाई ३ सय २३ मतान्तरले पराजित गर्दै कुँवर पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ६७८ मत पाए भने राठीले ३५५ मत पाए ।

Navadurga sun
Godawari sandesh

निर्वाचित भएसँगै धनगढीखबरलाई प्रतिक्रया दिदैँ कुँवरले भने, ‘सबैको साथ सहयोग लिएर अघि बढ्ने हो । व्यवसायीहरुले जुन यत्रो साथ सहयोग गर्नुभयो, यहाँहरुको विश्वासलाई टुट्न दिने छैन । व्यवसायीका हकहितका लागि अगाडि बढ्ने हो । हार जित सामान्य कुरा हो । चुनाव सम्पन्न भयो अब कसैलाई पनि काखापाखाँ गरिने छैन । सबै पक्षलाई समेटेर लैजानेछौं ।’

त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन् । शनिबार भएको संघको चुनावमा जम्मा १ हजार ९५ मत खसेको थियो ।

Loading...