मोहन्याल गाउँपालिका अध्यक्षले कुनै अधिकार प्रयोग गर्न नपाउने : निर्वाचन आयोग

धनगढी, २९ जेठ । निलम्बन मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायलाई भोलिको जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेको छ । भ्रष्टाचार मुद्दा विशेष अदालतमा भएका बेला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई स्वतः निलम्बनमा परेको भन्दै कुनै पनि अधिकार प्रयोग नगर्न निर्देशन जारी गरिएको हो ।

निलम्बन अध्यक्ष उपाध्यायलाई मतदान गराउने वा नगराउने भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतले प्रमुख निर्वाचन आयुक्तलाई पत्राचार गरेका थिए । २७ गते मुख्य निर्वाचन अधिकृतलाई निलम्बित गाउँपालिका अध्यक्षलाई मतदानमा सहभागी हुन नदिन माग गर्दै समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले निवेदन दिएका थिए । त्यसैको आधारमा मुख्य निर्वाचन अधिकृत जनानद पनेरुलेले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई पत्राचार गरेका हुन् ।निर्वाचन आयोगबाट उनलाई मुद्दा किनारा नलाग्दा सम्म अध्यक्षको कुनै पनि अधिकार प्रयोग गर्न नपाउने प्रस्ट पारेको छ ।

Navadurga sun

नवनिर्वाचित अध्यक्ष उपाध्याय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस अघि उनलाई निलम्बन गर्न सम्बन्धित निकायलाई पत्र काटिसकेको थियो । उनको नाम मतदाताको नामावलीबाट हटाउन माथ गर्दै सर्वोच्च अदालतमा पनि रिट परेको थियो ।

कैलालीमा भोलि जिल्ला समन्वय समितिको निर्वाचन तोकिएको छ । सत्ता गठबन्धनमै रहेको कांग्रेस माओवादी र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका छन् भने एमाले र नागरिक उन्मुक्ति पार्टीले तालमेल गरेका छन् ।

सत्ता गठबन्धनको १३ र एमाले नागरिक उन्मुक्ति पार्टीको १२ मत गरेको छ । १३ मतमा निलम्बित गाउँपालिका अध्यक्ष समेत पर्छन् । निलम्बित अध्यक्षले मतदान गर्न नपाउने भएपछि गठबन्धन र एमाले नगरीकन उन्मुक्तिको १२/१२ मत पुगेको छ । धनगढीका स्वतन्त्र जितेका गोपाल हमाल निणर्ायक हुने भएका छन् । उनी तटस्थ बस्ने देखिएको छ । यदि त्यस्तो भएमा गोला प्रथा बाट नेतृत्व चयन हुने छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...