उद्योग वाणिज्य संघ कैलालीको अध्यक्षमा पुनः कुँवर विजयी

धनगढी, २९ जेठ– कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन्। निकटतम प्रतिस्पर्धीप्रतिस्पर्धी सुरेन्द्र राठीलाई ३ सय २३ मतान्तरले पराजीत गर्दै कुँवर विजयी भएका हुन् । कुँवरले ६७८ मत प्राप्त गरेका छन् भने राठीले ३५५ मत पाएका छन् ।

कुल १६१२ मतदाता रहेकोमा शनिबार भएको निर्वाचनमा १०९५ मत मात्र खसेको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा पनि कुँवर प्यानलकै पुस्करराज ओझा विजयी भएका छन् । त्यस्तै एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन्।

Navadurga sun

पदाधिकारीमा विजयी सबै कुँवर प्यानलकै उम्मेदवार हुन्। यस्तै २ जना सदस्यबाहेक सबै सदस्य पनि कुँवर प्यानलका उम्मेदवार विजयी भएका हुन् । राठीको प्यानलमा रहेका अम्बिका भण्डारी र रिता जोसी सदस्य पदमा विजयी भएका छन् ।

त्यस्तै कुँवरको प्यानलबाट प्रकाश कुमार चन्द, कबिन्द्र पन्त, तिलक बहादुर बोहरा, रबी कुँवर, कोपिला कुँवर, लोकराज भट्ट, रूपेश खड्का, श्यामराज जोशी, राधिका कुमारी चौधरी, मिलन कुँवर, शम्भु लामिछाने, सुरेन्द्र बहादुर कडायत, बाशुदेब भट्ट, कृष्णा कुमारी बिष्ट, सुरेन्द्र कुमार बोहरा विजयी भएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...