

कञ्चनपुर, २८ जेठ– कञ्चनपुरमा लागूऔषध (खैरो हेरोईन) सहित २ जना पक्राउ परेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ६ मुसेपानी बस्ने १८ वर्षीय विकाश चौधरी र भिमदत्त नगरपालिका वडा नं. २ महौलिया बस्ने २५ वर्षीय सुवाश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।



ईलाका प्रहरी कार्यालय बेल्डाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई २ ग्राम ६९० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरेको प्रहरीले बताएको छ ।


कञ्चनपुर बेल्डाँडी गाउँपालिका वडा नं. ३ राधाकृष्ण माध्यमिक बिद्यालयबाट लु ८४ प ८१०८ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको कञ्चनपुर प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए । उनीहरुलाई नियन्त्रणमा लिई कानून बमोजिम थप अनुसन्धान भईरहेको प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक शाहले बताए ।

