बैतडीमा जिप दुर्घटना हुँदा एकजना घाइते

बैतडी, २८ जेठ– बैतडीमा शनिबार बिहान जिप दुर्घटना भएको छ । बैतडीको पाटन-पञ्चेश्वर सडक खण्ड अन्तर्गत पाटन नगरपालिका ६ मेलतडा भन्ने स्थानमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Dadeldhura hospital

बैतडीको मेलौलीबाट पाटन तर्फ आउँदै गरेको सुप प्र.०१-००१च ३१२५ नम्बरको जिप शनिबार बिहान ४ बजे (टाटासुमो) दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनबहादुर साउँदले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

मेलतडा खोलाको पुलबाट जिप तल खस्दा एकजना घाइते भएका छन् । पाटन नगरपालिका वडा नं ६ का आशीष पहरी समान्य घाइते भएका र उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । जीप साहु गणेश भुल आँफै चालक समेत रहेका प्रहरीले जनाएको छ । जिपमा तीन जना मात्रै सवार रहेका बताइएको छ ।

Loading...