सुदूरपश्चिमका प्रदेश प्रमुख र प्रदेश २ का पूर्व प्रमुखबीच भेटवार्ता

धनगढी, २८ जेठ– प्रदेश नम्बर २ का पूर्व प्रदेश प्रमुख राजेश अहिराज र सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीबीच भेटवार्ता भएको छ । प्रदेश प्रमुख जोशीको धनगढी स्थित आवासमा दुबै जनाको भेटवार्ता भएको हो । दुबै जनाबीच समसामयीक विषयमा कुराकानी भएको छ ।

Dadeldhura hospital

तीन दिनदेखि सुदूरपश्चिमको भ्रमणमा रहेका अहिराजले कञ्चनपुरको शुक्लाफाँटा राष्टिय निकुञ्ज, थारु बस्तीहरु र दोधारा चाँदनीको भ्रमणपछि प्रदेश प्रमुख जोशीसँग भेट गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

भेटमा अहिराजले शुक्लाफाँटा बन्यजन्तु आरक्ष भएका बेला, त्यहाँबाट विस्थापित भएका नागरिकहरु अहिलेसम्म धेरै पीडित रहेकाले उनको विषयमा सरकारको ध्यानाकर्षण गराउन आग्रह गरे । शुक्लाफाँटाको क्षेत्रफल बढेका बेला २०५० सालमै त्यहाँका १८ सय परिवार विस्थापित भएका थिए । सरकारले उनीहरुलाई अरु ठाउँमा जग्गा दिने भनेपनि अहिलेसम्म पाएका छैनन् ।

कञ्चनपुरमा सीमानाका समस्या रहेकाले यस बारेमा प्रदेश सरकार र राष्ट्रपतिको कार्यालयलाई जानकारी गराउन पनि अहिराजले आग्रह गरे। प्रदश प्रमुख जोशी ८ महिना अघि मात्रै प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।

Loading...