कैलाली उद्योग बाणिज्य संघ चुनाबमा १ हजार ९५ मत खस्यो

धनगढी, २८ जेठ– कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि भएको मतदान सकिएको छ । निर्वाचन संयोजक लोकबहादुर बिष्टका अनुसार जम्मा १ हजार ६ सय १२ मतदाता रहेकोमा चुनावमा १ हजार ९५ जनाले मतदान गरेका छन् ।

Dadeldhura hospital

उनले मतदान सम्पन्न भइसकेको बताउँदै अहिले मतगणना सम्बन्धी छलफल भैरहेकोले आजै राती देखी मतगणना हुने सम्भावना रहेको बताए । बिहान ९ बजे देखी सुरु हुने भनीएपनी ढिलागरी सुरु भएको मतदान साँझ साढे ६ बजेसम्म जारी रहेको थियो ।

Navadurga sun
Godawari sandesh

संघको नेतृत्वका लागि पुष्पराज कुँवर र सुरेन्द्र राठी टिम सहित चुनावी मैदानमा थिए । दुई समूह छुट्टाछुट्टै प्यानल सहित टिम घोषणा गर्दै चुनावी मैदानमा होमिएका थिए ।

Loading...