गोदावरी एफएम आजबाट १२ औं वर्षमा प्रवेश, बिरामीलाई फलफुल वितरण गरि मनाइयो

अत्तरिया, २८ जेठ– गोदावरी मिडिया प्रा.लि.द्वारा सञ्चालित गोदावरी एफ.एम ८७.९ मेगाहर्जले आफ्नो प्रसारण यात्राको ११ वर्ष पूरा गरी बाह्रैं वर्षमा प्रवेश गरेको छ ।

वि.सं २०६७ सालमा दर्ता भएर एफ.एमले सञ्चार मन्त्रालयबाट प्रसारण अनुमती पाएको थियो।तर एफ.एमले आफ्नो नियमित प्रसारण भने २०६८ जेठ २८ गतेदेखि सुरू गरेको हो । सोही दिनलाई एफ.एमले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको रूपमा मनाउँदै आएको छ ।

Navadurga sun

५०० वाट क्षमतामा प्रसारण हुँदै आएको एफ.एमले समाचार मनोरञ्जन लगायतका विविध कार्यक्रम दैनिक १८ घण्टा प्रसारण गर्दै आएको छ ।

एफ.एमले विगत ११ वर्षदेखि यस क्षेत्रका नागरिकलाई सु-सूचित गर्दै आएको एफएमका प्रबन्ध निर्देशक गोबिन्द रोस्याराले बताए । एफ.एम व्यवस्थापकले आगामी दिनमा पनि प्रसारण क्षमतालाई बढाउँदै लैजाने बताएको छ ।

प्रबन्ध निर्देशक रोस्याराले अनलाइन न्युज पोर्टल गोदावरी न्युजलाई पनि थप शसक्त बनाइने बताए । ११ वर्षको यात्रामा साथ दिने सम्पूर्ण श्रोता, विज्ञापनदाता र शुभचिन्तकहरूमा एफ.एम. ले धन्यवाद ज्ञापन समेत गरेको छ ।

त्यसैगरी गोदावरी एफ. एम को ११ औँ बार्षिकोत्सबको अबसरमा पद्द्मा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल जुस बितरण गरेर मनाएकाे छ । बार्षिकोत्सबको अवसरमा यसरी बिरामीहरुलाई फलफुल वितरण गरेर मनाउन पाउँदा हामिलाई माहासन्तुष्टी मिलेको एफ एम का प्रबन्ध निर्देशक रोस्याराले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...