पुस्तकालयले गर्‍यो गोदावरी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रम

अत्तरिया, २८ जेठ– गोदावरी नगरपालिका अन्तरगतका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ । प्रतिभा सामुदायिक पुस्तकालयले शनिवार एक कार्यक्रमको आयोजना गरि गोदावरी नगरपालिकाका सम्पूर्ण नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा स्वागत कार्यक्रम गरी सम्पन्न गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रतिभा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट रहेका थिए ।

Dadeldhura hospital

गोदावरी नगरपालिकाका सम्पूर्ण नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले खादा र टिका लगाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

उक्त बधाई तथा सम्मान कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधि लगायत साहित्यकार, समाजसेवी, बुद्धिजीवीहरूको सहभागी रहेको थियो ।

प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष जोशी उक्त कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका भौगाली दृष्टिकोणले आफैमा महत्वपूर्ण रहेको बताए । उनले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई कार्यकर्ताको सफलताको शभुकामना समेत व्यक्त गरेको थिए ।

सोही कार्यक्रममा मार्फत जोशीले भने गोदावरी नगरपालिकाका नगर प्रमुख भट्ट यस पुस्तकालयको आजिवन सदस्यता लिनु भएको कुरा बताएका थिए । त्यस्तै यस पुस्तकालयले साउन ४ गते बिहान ७ बजे साधारणसभा आयोजना गर्ने जनाएको छ।

Loading...