सुदूरपश्चिममा मनसुन सक्रिय हुन केही दिन लाग्ने

धनगढी, २६ जेठ– नेपालमा आइतबार नै मनसुन भित्रिए पनि सुदूरपश्चिम प्रदेशमा भने अझै मनसुन सक्रिय हुन केही दिन लाग्ने भएको छ । प्रदेशमा मनसुन सुरु नहुँदा तराइका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गर्मी अत्यधिक बढेको छ । गर्मीले दुई जिल्लाका बासिन्दाको जनजीवन प्रभावित भएको छ ।

मौसम विभागले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव कायमै रहेकोले सोमबारभन्दा अगाडि मनसुन सक्रिय हुन सक्ने सम्भावना कम रहेको जनाएको छ । तर सोमबारपछि भने बिस्तारै मनसुन सक्रिय भएर पानी पर्न सक्ने अनुमान रहेको मौसमविद् हिरा भट्टराईले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

‘पूर्वी नेपालबाट मनसुन मुलुकमा भित्रिइसकेको छ,’ उनले भने, ‘कर्णाली सुदूरपश्चिममा भने सोमबारपछि मात्रै मनसुन सक्रिय हुने अनुमान छ ।’ सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष अत्यधिक मनसुनी वर्षाको कारण बाढीपहिरो, डुबान र कटान हुने गरेको छ ।

Dadeldhura hospital

गएको मनसुनी वर्षापछि आएको बाढी र पहिरोका कारण सुदूरपश्चिममा ५५ जनाले ज्यान गुमाएका थिए भने २६ जना बेपत्ता र १ सय २७ जना घाइते भएको सरकारी तथ्याङ्क छ । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको अभावमा कुनै पनि घटना घटेपछि उद्धार तथा राहतमा लाग्नुपर्ने तर जोखिम तथा क्षती न्यूनीकरणका लागि काम हुन् नसक्ने अवस्था रहेको देखिन्छ ।

तर यो पटक भने प्रदेश सरकारले विगतमा भएका कमजोरीबाट पाठ सिक्दै र सबै जिल्लाको तथ्य र तथ्याङ्कको विश्लेषण गर्दै प्रदेश विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ लाई अन्तिम रुप दिन लागेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विश्वदिप वेस्राले बताए ।

‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना मन्त्रालयलेृ बनाउँदै छ,’ उनले भने, ‘विगतको कमजोरीबाट पाठ सिक्दै सबै तथ्य र तथ्यांकको विश्लेषण गर्ने काम भइरहेको छ । असारको दस गतेसम्म प्रतिकार्य योजना बनाइ सक्छौँ ।’ प्रदेश सरकारले विभिन्न ५ क्लस्टरमा तथ्याङ्क सङ्कलन भइरहेको जनाएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा, भौतिक पूर्वाधार विकास मन्त्रालयले खानेपानी, सरसफाइ र पूर्वाधार, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले खाद्य सुरक्षा र पोषण, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले शीघ्र पुनरलाभको व्यवस्थापन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खोज, उद्धार, आपतकालीन सञ्चार र बन्दोबस्ती र अन्य सरोकारवाला पक्ष र निकायसँग समन्वय गर्ने हिसाबले विपद पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ तयार गर्न लागेको र विपद व्यवस्थापनका लागि सरोकारवाला पक्षका लागि पूर्वाभ्यास, तालिम र स्रोत व्यवस्थापन गरेर विपद न्यूनीकरण गर्न आवश्यक सबै तयारी गरिने प्रवक्ता बेस्राले बताए ।

गएको मनुसनमा सुदूरपश्चिममा विभिन्न विपद्का घटनाबाट ६ सय ६० परिवार प्रभावित भएका थिए । प्रदेशभर विपद्का कारण २ सय ९५ घर पूणर् रुपमा र १४३ आंशिक क्षती पुगेको थियो । प्रदेशभर गएको मनसुनी वर्षापछि आएको बाढी, पहिरोका कारण करिव ११ करोडको क्षती भएको अनुमान गरिएको थियो ।

Loading...