कैलालीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुँदै

धनगढी, १४ बैशाख– सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली जिल्लामा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा (लकडाउन) जारी गर्ने निर्णय गरिएको छ।

Dadeldhura hospital

जिल्लामा उच्च दरमा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला कोभिड व्यवस्थापन केन्द्र कैलालीले एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको अध्यक्षमा मंगलबार बसेको केन्द्रको बैठकले सो निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी रिजालले निषेधाज्ञाको क्रममा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द रहने जानकारी दिए।

Navadurga sun
Godawari sandesh

यस्तै यसअघि सोमबारदेखि कैलाली र कञ्चनपुरमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो। कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा अन्तर जिल्ला बैठकले कैलाली र कञ्चनपुरमा रात्रिकालीन लकडाउन गरिने निर्णय गरेको थियो।

Loading...