कैलालीमा करेन्ट लागेर युवतीको मृत्यु
धनगढी, २५ जेठ । कैलालीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको जोशिपुर गाउँपालिका ३ फाडिया बस्ने २० वर्षीया पुजा कठरियाको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नो घर नजिकै रहेको मोटर जडान भएको नल्कामा पानी भर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि टिकापुर लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

