कैलालीको गोदावरी नगरपालिकाले गैससं हरुलाई बार्षिक कार्यक्रम पेश गर्न सूचना प्रकाशन गर्यो





अत्तरिया, २४ जेठ– कैलाली गोदावरी नगरपालिकाले गै.स.सं.हरुलाई बार्षिक कार्यक्रम पेश गर्ने सम्बन्धी सूचना प्रकाशन गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै सो कुरा जनाएको हो ।


नगरपालिकाले आगामी आर्थिक बर्षका लागि बार्षिक कार्यक्रम तयार गरिरहेको हुँदा यस नगरपालिकामा कार्यरत तथा क्षेत्र बनाई काम गरिरहेका गर्न चाहने ईच्छुक अन्तराष्ट्रिय/राष्ट्रिय तथा स्थानिय गैह्र सरकारी संस्थाहरुले आगमी आर्थिक बर्षमा संचालन गर्ने कार्यक्रम तथा आयोजनाहरुको आ-आफ्नो ढाँचामा आउँदो अषाढ २ गते भित्र यस कार्यालयको सामाजिक विकास शाखामा तथा ई-मेल [email protected] मा कार्यक्रम पठाउन हुन नगरपालिकाले सुचन मार्फत जानकारी गराएको छ ।



पछि ढिलो गरी प्राप्त भएको कार्यक्रमलाई बजेट पुस्तिकामा समावेश गर्न नसकिने उक्त सुचनामा उल्लेख गरिएको छ ।
प्रकाशित सूचना:




