कैलाली उद्योग वाणिज्य संघको नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा

अत्तरिया, २३ जेठ– कैलाली उद्योग वाणिज्य संघको यही २८ जेठमा हुन लागेको निर्वाचनका लागि छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा होमिएका छन् । दुई पक्षबीच सर्वसम्मत गर्ने भनिए पनि आइतबार अन्तिम समयसम्म सहमति नजुटेपछि निर्वाचन हुन लागेको हो ।

सोम्मार दुबै जनाले पत्रकार सम्मेलन गरि आफ्नो प्यानल घोषणा गरेका छन् । वर्तमान अध्यक्ष समेत रहेका पुष्पराज कुँवरले आफ्नो टीममा अधिकांश पुरानै अनुहारलाई दोहोर्‍याउँदै टीम घोषणा गरेका छन्।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

कुँवरको प्यानलबाट वर्तमान उपाध्यक्ष रहेका पुष्कर ओझा वरिष्ठ उपाध्यक्षमा भिड्दै छन् । यस्तै एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, बस्तुगत उपाध्यक्षमा लक्ष्मण पन्त, महासचिवमा ओम बिष्ट, कोषाध्यक्षमा भिष्मराज ओझा र सचिवमा सुरेश पाण्डेय उम्मेदवार रहेका छन् ।

सदस्यहरुमा तिलक बहादूर बोहरा, श्यामराज जोशी, प्रकाश कुमार चन्द, बाशुदेव भट्ट, शुरेन्द्र कुमार बोहरा, कपिन पन्त, शम्भु लामिछाने, तुलसी गौतम, लोकराज भट्ट, शन्तोस लामिछाने, रवि कुँवर, कोलिा कुँवर, राधिका चौधरी, कुष्ण कुमारी बिष्ट, विवेक सर्मा, मिलन कुँवर, रुपेस खड्का र सुरेन्द्र बहादुर कठायत उम्मेदवार रहेका छन् ।

यता नयाँ अनुहार सहित सुरेन्द्र राठीले पनि आफ्नो प्यानल घोषणा गरेका छन् । राठीको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरिशंकर ठाकुर, एसोसिएट उपाध्यक्षमा प्रकाशचन्द्र भट्ट, उद्योग उपाध्यक्षमा घनश्याम चौधरी, वाणिज्य उपाध्यक्षमा केशवराज जोशी, बस्तुगत उपाध्यक्षमा केशवदत्त पाण्डेय, महासचिवमा शिद्धराज पनेरु, कोषाध्यक्षमा रजन कुमार सर्मा, सचिवमा महेन्द्र कुमार सिहंले उमेदवारी दिएका छन् ।

त्यस्तै सदस्यहरुमा श्रीमान गौतम, हेमराज भट्ट, अमर चोखाल, रीता जोशी अवस्थी, कमला ज्ञावाली, अम्बिका भण्डारी केसी, शैलेन्द्र कुमार श्रेष्ठ, कृष्णराज पाण्डेय, लोकेश भट्ट, जिएम इस्लाम, प्रदिप बैद्ध र सुरेश सापकोटाले उमेदवारी दिएका छन् ।

Loading...