राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

अत्तरिया, २३ जेठ– राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल केन्द्रिय समिति अत्तरिया कैलालीको आयोजनामा एक दिने बृहत सांस्कृतिक प्रर्दशनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा सहयोगीका रुपमा गोदावरी नगरपालिका अत्तरिया कैलाली रहेको थियो ।

Dadeldhura hospital

सास्कृतिक प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटाको सभाध्यक्षमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख शारदा रोकाया रहनु भएको थियो भने विशिष्ट अतिथी नगर प्रबक्ता एबम गोदावरी नगरपालिका वडा नं.१ वडाध्यक्ष गोपाल दत्त भट्ट रहनु भएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै सांस्कृतिक कार्यक्रममा वडा सदस्यहरु, स्थानिय कलाकार, समाजसेवी लगायतको सहभागिता रहेको थियो । उक्त बृहत सांस्कृतिक कार्यक्रममा थारु नृत्य, नाटक, नाचगान, डेउडा प्रस्तुती समेत गरेका थिए । नेपाल मानव धर्म सेवा समितिको सभाहलमा भएको कार्यक्रममा स्वागत मन्तव्य इस्वारा आचार्यले व्यक्त गर्न भएको कार्यक्रमको संचालन प्रतिष्ठानका सदस्य गणेश नाथ योगीले गरेका थिए ।

Loading...