

अत्तरिया, २२ जेठ– जिल्ला समन्वय समितिको कान्छो उम्मेदवार नेकपा एमाले चुरे वडा नं. ६ कमिटि सचिव, चुरे गाउँपालिका वडा नं.६ को निर्बाचित सदस्य तथा अनेरा स्ववियुको जिल्ला सदस्य मान बहादुर साउँदले मनोनयन दर्ताको निस्सा प्राप्त गरेका छन् । उनले सदस्य पदको उम्मेदवारी दर्ता गराएको मनोनयन पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीबाट प्राप्त गरेका हुन् ।



जिल्ला समन्वय समितिको नेतृत्वका लागि नेकपा एमालेबाट सदस्य पदको निर्वाचनमा उम्मेदवार हुनको लागि आइतबार दिउँसो साढे १ बजे अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गराएका थिए ।


त्यसैगरी आइतबार मनोनयनपत्र दर्ता भएकोले आज (सोमबार) मुख्य निर्वाचन अधिकृतको कार्यालयले १ बजे मनोनयनपत्रको जाँच हुने भएकोले उक्त समयमा कार्यालयमा उपस्थित हुन समेत पत्रमा उल्लेख गरिएको छ ।

