धनगढीमा रुखबाट लडेर एक बालकको मृत्यु

धनगढी, २१ जेठ– धनगढीमा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ । शनिबार धनगढी उपमहानगरपालिका वडा नं. ७ स्थित जोखर तालमा वनफल टिप्न रुखमा चढेका बालकको लडेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा श्यामलाल चौधरीका १४ वर्षीय छोरा विवेक चौधरी रहेका छन् । त्यस्तै उनी सँगैका १८ वर्षीय हस्त जोशी पनि लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते जोशीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।