धनगढीको नेशनल चोकमा राष्ट्रिय झण्डा फहराइयो

धनगढी, २१ जेठ– कैलाली जिल्लाको धनगढीको नेशनल चोकमा राष्ट्रिय झण्डा राखिएको छ । शनिवार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले झण्डात्तोलन गरेका हुन । नेपाल-भारत सीमा गौरीफन्टा जोड्ने ६ लेन सडकको चोकमा मालिका युवा सञ्चाजालले झण्डाका लागि पोल स्थापना गरेको थियो ।

Bhancha ghar0

धनगढी उपमहानगरपालिका वडा नं. २ मा रहेको सञ्जालले विभिन्न व्यक्तिहरुबाट रकम संकलन गर्दै झण्डाका लागि पोल स्थापना गरेको थियो । झण्डात्तोलन कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख हमालले सञ्जालले धनगढीको फोहोर व्यवस्थापनमा पनि सहयोग गर्न आग्रह गरेका छन । उनले फोहोर व्यवस्थापनका लागि जनताको पनि सहयोग हुनुपर्ने र सञ्जालले जनचेतनाका कार्यक्रम गर्नुपर्ने बताए ।

नेपाल-भारत सीमामा रहेको सञ्जालले भारतीय पर्यटकको सम्मान तथा स्वागतका लागि पनि कार्यक्रम गर्नुपर्ने बताए । गौरीफन्टा सीमा क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना गर्ने बताउँदै हमालले सञ्जाल तथा नागरिकहरुले पनि भारतीय पर्यटकलाई स्वागत र सूचना दिनु पर्नेमा जोड दिए ।

Leave A Reply

Your email address will not be published.