कैलाली उद्योग बाणिज्य संघको जेठ २८ गते चुनावी साधारणसभा हुँदै

धनगढी, २१ जेठ– कैलाली उद्योग बाणिज्य संघको चुनावी सभा नजिकिएको छ । यहीँ जेठ २८ गते संघको चुनावी साधारणसभा हुँदैछ ।

विगतमा कैलाली उद्योग बाणिज्य संघको निर्वाचनमा प्रायस् दुई प्यानल देखिने गरेको थियो । तर, यस पटक भने अहिलेसम्म कुनै प्यानल घोषणा भइसकेको छैन । उद्योगी, व्यसायीहरूबीच आन्तरिक रुपमा नयाँ नेतृत्वका लागि छलफल जारी रहेको बताइन्छ ।

संघका एक पदाधिकारीका अनुसार यस पटक सर्वसम्मत ढंगबाटै पदाधिकारी तथा सदस्य चयन गर्न विभिन्न चरणका छलफल भइरहेकोे छ । संघका वर्तमान अध्यक्ष पुष्प कुँवर आफ्नो कार्यकालमा कोभिड महामारीका कारण राम्रो संग काम गर्न नपाएको भन्दै फेरी दोहोरीने मुडमा रहेका छन् । अर्कोतर्फ पछिल्लो निर्वाचनमा अध्यक्षमा पराजित रुपेश स्वाँर पनि फेरी अध्यक्षमा लड्ने तयारीमा रहेका छन् ।

Bhancha ghar0

स्वाँरले वर्तमान कार्यसमितिका सबै पदाधिकारी र सदस्य सर्वसम्मत दोहोरिएमा आफु सहमतिको बाधक भने नहुने भन्दै आफ्ना समुहमा छलफलमा रहेको बताइन्छ । उनले सर्वसम्मती नभएमा आफु अध्यक्षको उम्मेदबार रहेको बताउदै आएका छन् । ‘सबै उद्योगी, व्यवसायीले सहमति गरे भने म बाधक बन्दिन’ उनले भने ।

अर्को एक समुह भने वर्तमान अध्यक्ष कुँवरलाई नदोहोरिन नदिने दाउमा रहेको बताइन्छ । सो समुहले संघमा नयाँ नेतृत्व ल्याउनु पर्नेमा बहस अघि बढाइरहेको छ । यस पटक धेरै व्यवसायीहरूले सदस्यता नविकरण नगराएको बताइन्छ ।

‘यसपालि धेरै व्यवसायीहरूले सदस्यता नविकरण गरेका छैनन’ कैलाली उद्योग बाणिज्य संघका सदस्य रुपेश खड्काले भने- ‘बिशुद्ध व्यबसायीहरूले मात्रै नविकरण गरेका छन् ।’

उनले वर्तमान कार्यसमिति सर्वसम्मत बनाउन कति सफल हुन्छ, त्यसमा निर्वाचन हुने वा नहुने भन्ने भर पर्ने बताए । अध्यक्षको उम्मेदवार बन्ने चर्चामा रहेकका स्वाँर पनि सर्वसम्मतीका लागि आफु बाधक नहुने बताउदै आएका छन् । पुर्व अध्यक्ष र नेतृत्व पंक्तिका व्यवसायीहरू तथा विभिन्न दलको कस्तो भूमिका हुन्छ भन्ने कुराले पनि यस पटकको निर्वाचन प्रभावित हुने व्यवसायीहरू बताउछन् ।

संघमा नयाँ नेतृत्वका लागि जेठ २२ गते मनोनयन दर्ताको कार्यतालिका रहेको छ । सर्बसम्मतमा कार्यसमिति चयन भएन भने नयाँ नेतृत्वका लागि २८ गते निर्वाचन हुने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.