गोदावरी जेष्ठ नागरिक समाजको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

प्रकाशबहादुर बोहरा

अत्तरिया, २१ जेठ– गोदावरी जेष्ठ नागरिक समाज अत्तरिया कैलालीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजले शनिबार अध्यक्ष खडक राज जोशीको अध्यक्षता तथा गोदवारी नगरपालिकाका नगर उप प्रमुख शारदा रोकायाको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

Bhancha ghar0

त्यस्तै बार्षिक साधारणसभामा गोदावरी नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट, वडा नं. ४ का वडा अध्यक्ष हेम प्रकाश मल्ल, वडा नं.७ का वडा अध्यक्ष कलावती साउँद, इलाका प्रहरी कार्यालयका दान बहादुर रोकाया, लिलाधर बास्कोटा लगायत जेष्ठ नागरिकहरुको बाक्लो सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै नगर उप प्रमुख रोकायाले आफ्नो अमुल्य मत दियर बिजय गराउनु भएकोमा सम्पूणर्मा धन्यवाद व्यक्त गरेकी थिइन । जेष्ठ नागरीकहरूलाई सजिलो र सहज रुपमा सेवा पुगाउने आफ्नो प्रतिवद्धता समेत रहेको नगर उप प्रमुख रोकायाले बताइन् ।

त्यस्तै साधारणसभालाई सम्बोधन गर्दै गोदावरी जेष्ठ नागरिक समाजका अध्यक्ष जोशीले आफ्नो ३ बर्षको कार्यकाल सामप्त भएको बताए । उनले जेष्ठ नागरिक सम्पूणर्मा धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकाल सिद्धिएको र अब बन्दशत्रबाट समिति चयन गरिनु पर्ने बताए ।

उक्त बार्षिक साधारणसभामा गोदावरी नगरपालिका वडा नं.७ का वडा अध्यक्ष कलावती साउँदको मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन उद्वार खबर राष्ट्रिय दैनिक अत्तरिया कैलालीका प्रवन्ध निर्देशक नरेश नाथ योगीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.