
धनगढी, २१ जेठ– धनगढीको बेहडा बाबा क्षेत्रमा नेपाल टेलिकमको थ्रीजी सेवा सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिमा पर्ने धार्मिक पर्यटकीय क्षेत्र बेहडा बाबामा टेलिकमको थ्रीजी सेवा सञ्चालनमा आएको हो । सो क्षेत्रमा पछिल्ला दिनहरुमा टेलिकमको उर्मामा रहेको टावरले कार्य गर्ने गरेको थियो ।
उक्त क्षेत्रमा उर्मामा रहेको नेपाल टेलिकमको टावरले काम गर्ने गरेको भएपनि डेटा चलाउन भने त्यहाका स्थानीय तथा पर्यटकहरुलाई समस्या हुदै आएको थियो । टेलिकमको थ्रीजी सेवा अञ्चालनमा आएपछि सो समस्या समाधान भएको नेपाल टेलिकमको धनगढी कार्यालयले जनाएको छ ।