गेटा मेडिकल कलेज सञ्चालनार्थ कैलालीका विभीन्न क्षेत्रका विज्ञहरुसंग अन्तरक्रिया

अत्तरिया, २० जेठ– कैलालीको धनगढीमा प्रस्तावीत गेटा मेडिकल कलेजको मोडालिटीको विषयमा विज्ञसंग अन्तरक्रिया गरिएको छ । गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समिति अत्तरियाले कैलालीका विभीन्न क्षेत्रका विज्ञहरुसंग अन्तरक्रिया गरेको हो ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ को सभापतित्वमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य क्षेत्रका व्यत्तिहरु, शिक्षा क्षेत्रका व्यत्ति, मानवअधिकार कर्मी, सामाजिक तथा राजनीतिक क्षेत्रका व्यत्तिहरु लगायत पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।

Navadurga sun

अन्तरक्रियामा सहभागी व्यत्तिहरुले प्रस्तावित गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविधालय बनाउनुपर्नेमा जोड दिएका छन्। अन्तरक्रियाका सहभागीहरुले मेडिकल कलेज सबैभन्दा सानो युनीट भएकोले मेडिकल विश्वविद्यालय बनाउँदा उचित हुने बताएका हुन् ।

अन्तरक्रियाको छलफलबाट प्रस्ताबित गेटा मेडिकल कलेजमा तुरुन्त ३०० बेड क्षमताको अस्पताल सञ्चालन हुनु पर्नेमा जोड दिएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...