अत्तरिया, २० जेठ – कैलालीको गोदावरी नगरपालिमा वडा नं. ४ खैरानामा ट्युवेल बोरिङको शिलान्यास गरिएको छ ।

करिब ६० विगाहा क्षेत्रफल जग्गामा सिचाई पुगाउने लक्ष्य लिइएको उक्त ट्युवेलको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका हुन ।
उक्त ट्युवेल महाकाली सिचाई आयोजना कार्यालयको करिब १ करोडको लगानीमा निर्माण गर्न लागिएको वडा अध्यक्ष हेम प्रकाश मल्लले बताए ।