अत्तरिया, १९ जेठ– कैलालीको गोदावरी नगरपालिका वडा नं ६ र ७ लालपुरमा सार्वजनिक स्थलहरुमा जुवातास खेल्न र लागुऔषधको सेवनमा रोक लगाउन माग गरिएको छ ।

विभिन्न सामाजिक कार्यमा अग्रसर रहेको दिपशिखा डान्स क्लबले बिहीबार वडा नं ६ का जनप्रतिनिधिहरुलाई एक ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेको हो । डान्स क्लबका अध्यक्ष दिर्घ साउँदले वडा नं ६ का वडा अध्यक्ष कलवती साउँदलाई सो ज्ञापन पत्र बुझाएका थिए ।
वडाभित्रका बिभिन्न सार्वजनिक स्थलहरुमा लागू औषध सेवन गर्नुका साथै जुवातास खेल्ने क्रम बढेकाले यसलाई न्यूनिकरण गरि जरैदेखी हटाउनका लागि वडाका नयाँ जनप्रतिनिधिहरुसंग माग गरिएको क्लबका अध्यक्ष दिर्घ साउँदले बताए ।
उनले आफूहरुले राखेको मागहरुमा वडाका जनप्रतिनिधिको ध्यान गई वडाका युवाहरु सकारात्मक बाटोमा लाग्ने र यो वडा नुमना वडाका रुपमा स्थापित हुनेमा आफू आशावादी रहेको बताए ।