गोदावरी ६ र ७ मा जुवातास र लागुऔषध सेवनमा रोक लगाउन ज्ञापनपत्र

अत्तरिया, १९ जेठ– कैलालीको गोदावरी नगरपालिका वडा नं ६ र ७ लालपुरमा सार्वजनिक स्थलहरुमा जुवातास खेल्न र लागुऔषधको सेवनमा रोक लगाउन माग गरिएको छ ।

विभिन्न सामाजिक कार्यमा अग्रसर रहेको दिपशिखा डान्स क्लबले बिहीबार वडा नं ६ का जनप्रतिनिधिहरुलाई एक ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेको हो । डान्स क्लबका अध्यक्ष दिर्घ साउँदले वडा नं ६ का वडा अध्यक्ष कलवती साउँदलाई सो ज्ञापन पत्र बुझाएका थिए ।

Navadurga sun

वडाभित्रका बिभिन्न सार्वजनिक स्थलहरुमा लागू औषध सेवन गर्नुका साथै जुवातास खेल्ने क्रम बढेकाले यसलाई न्यूनिकरण गरि जरैदेखी हटाउनका लागि वडाका नयाँ जनप्रतिनिधिहरुसंग माग गरिएको क्लबका अध्यक्ष दिर्घ साउँदले बताए ।

उनले आफूहरुले राखेको मागहरुमा वडाका जनप्रतिनिधिको ध्यान गई वडाका युवाहरु सकारात्मक बाटोमा लाग्ने र यो वडा नुमना वडाका रुपमा स्थापित हुनेमा आफू आशावादी रहेको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...