नयाँ सुविधा सहित घोडाघोडी जङ्गल रिसोर्ट सञ्चालनमा

धनगढी, १९ जेठ– कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकामा १ सुखडमा नयाँ सुविधा सम्पन्न घोडाघोडी जङ्गल रिसोर्ट सञ्चालनमा आएको छ ।

घोडाघोडी नगरपालिकामा नगर प्रमुख खडक बहादुर रावत र लम्की चुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीले एक साथ रिबन काटेर घोडाघोडी जङ्गल रिसोटको उद्घाटन गर्नु भएको थियो ।

Bhancha ghar0

कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले यस क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको लागी सुविधा सम्पन्न होटेल हुन सक्ने उनले बताए । मध्यवर्ती क्षेत्रमा सुविधा सम्पन्न होटेल खुल्नु राम्रो भएको नगर प्रमुख रावतले बताए । नगर प्रमुख रावतले परम्परागत शैलीमा व्यापार व्यवसाय नचल्ने बताउदै आधुनिक ढंगले रिर्साट सञ्चालनले पर्यटकको आगामन बढाएको उनले बताए ।

भिडभाड कोलाहल भन्दा शान्त वातावरण जङ्गल किनारमा बनाएको रिसोर्टमा एसी नन एसी सहितको सुविधा सम्पन्न कोठा, तालिम हल, पारिवारिक र क्याबिन छुट्टाछुट्टै रेस्टुरेन्ट प्रशस्त पार्कीङ्ग सुविधा रहेको युवा व्यवसायी सुरेन्द्र शाही ‘विवेक’ले बताए। रिसोर्टमा हरेक दिन विभिन्न स्थानीय परिकार स्वाद लिन समेत पाउने रिसोर्टका सञ्चालक शाही ‘विवेक’ बताए । शान्त बातावरमा ग्राहकलाई सेवा दिनु नै हाम्रो रिसोर्टको मूल लक्ष्य भएको सञ्चालकले बताए ।

चैत्र १८ गते देखी नै रिसोर्ट सञ्चालनमा आए पनि तर बिहीबार देखी घोडाघोडी जङ्गल रिसोर्टलाई औपचारिक रूपमा ल्याइएको हो । यो बिचमा तत्कालका लागि आंशिक रुपमा सञ्चालनमा ल्याइएको थियो । दुई करोड भन्दा माथिको लगानीमा लज सहित होटेल सञ्चालनमा ल्याएको घोडाघोडी जङ्गल रिसोर्ट प्रा.लि.ले जनाएको छ ।

उद्घाटन कार्यक्रममा लम्की चुहा नगरपालिका नगर प्रमुख शुसिला शाही, बर्दगोरिया गाउँपालिका अध्यक्ष कणर् कुँबर, कैलाली होटल व्यवसायी संघका अध्यक्ष कलम बम, केन्द्रिय सदस्य भरत भट्टराई लगायत पर्यटन व्यवसायीको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.