धनगढीको राइस मिलमा आगलागी

धनगढी, १९ जेठ– कैलालीको धनगढीमा रहेको गायत्री राइस मिलमा आगलागी भएको छ । धनगढी १५ कनरीमा रहेको उक्त मिलमा बिहीबार बिहान साढे १० बजे आगलागी भएको हो ।

Bhancha ghar0

आगलागीबाट मिलमा भएको सम्पूणर् अन्न जलेर नष्ट भएको मिलका सञ्चालक किरण सिंहले जानकारी दिएका छन् । खरले छाएको भान्साबाट सल्किएको आगो मिलमा पसेपछि क्षतिको मात्रा बढेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

‘स्थानीयको सहयोगमा अहिले आगो नियन्त्रणमा लिइएको छ’, उनले भने, ‘घटनाबारे थप अनुसन्धान जारी छ ।’ आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

यता आगलागी भएर पटक-पटक सम्पर्क गर्दा पनि धनगढी उपमहानगरपालिकाको दमकल आउन ढिलासुस्ती गरेकाले स्थानीयले आक्रोशित बनेको प्रहरीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.