कैलालीकाे गोदावरीमा लापपुर्जा वितरणको तयारी

अत्तरिया, १९ जेठ– कैलालीको गोदावरी नगरपालिकामा लालपुर्जा वितरणको तयारी गरिएको छ । राष्ट्रिय भूमी आयोग मार्फत गोदावरी नगरपालिका वडा नं. २ पहाड रोडको उत्तर पट्टिका ६१ परिवारलाई लालपुर्जा वितरणका लागि तयारी अगाडी बढाइएको हो ।

राष्ट्रिय भूमी आयोग गोदावरीका संयाजक बसन्त कुमार खत्रीले पहिलो चरणमा अव्यवस्थित बसोबास गरेर बसेका ६१ परिवारलाई लालपुर्जा दिने तयारी थालिएको बताए । उनका अनुसार हाल गोदावरी नगरपालिका वडा नंं. ५ मा जग्गा नापीको काम सकिएको छ भने वडा नम्बर २ मा जग्गा नापीको काम जारी रहेको छ ।

Navadurga sun

‘आयोगले ६१ परिवारलाई असार मसान्त भित्रै लालपुर्जा वितरण गरेर लालपुर्जा वितरणको सुभारम्भ गर्ने प्रस्ताव गरेको छ’ उनले भने । राष्ट्रिय भूमी आयोगको केन्द्रिय टोलीले बुधबार गोदावरी नगरपालिकाका मेयर सहितको टोलीसंग लालपुर्जा वितरण गर्ने विषयमा छलफल गरेको थियो ।

टोलीमा राष्ट्रिय भूमि आयोगको केन्द्रिय टोलीमा विज्ञ सदस्य टेक बहादुर शाही, नापी विभागका प्रमुख नापी अधिकृत जनकराज भट्ट, सर्वेक्षक विरेन्द्र सिंह, डा.तुल बहादुर साउँद रहेका थिए ।

गोदावरीको वडा नम्बर १ मा भने २ बर्ष अगाडी नै नगरपालिका मार्फत नै नापीको काम गरिएको थियो । संयोजक खत्रीले पुरानो नापीको कामलाई आयोगले मान्यता दिएको बताए । हाल नगरपालिका भित्र १८ हजार ६४ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन ।

गोदावरीमा यसअघि देवि प्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग मार्फत तथ्याङ्क संकलन गरिएको थियो भने हाल देउवा सरकारले भदौ २९ गते मन्त्रिपरिद्को बैठकबाट गठन गरेको राष्ट्रिय भूमि आयोग अन्तरगत जग्गा नापीको काम चलिरहेको छ । गोदावरीमा दोस्रो चरणमा भएको सम्झौता अनुसार चैत्र ९ गते देखि जग्गा नापीको काम चलिरहेको छ ।

त्यसैगरी गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले आफूले १० महिना भित्रमा लालपुर्जा वितरण गर्ने आट गरेको बताएका छन । नेपाल मानव धर्म सेवा समितिले अत्तरियामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको बुधबार उद्घाटन गर्दै मेयर भट्टले सो कुरा बताएका हुन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...