ग्ली एकेडेमीद्वारा आर्थिक सहयोग, छोराछोरीलाई निःशुल्क शिक्षा

अत्तरिया– कैलालीको धनगढीमा रहेको ग्ली एकेडेमीले आर्थिक सहयोग गरेको छ । २०७९ साल बैशाख २८ गतेका दिन यस एकेडेमीमा कार्यरत सहायक लेखा कर्मचारी ऐन कार्कीको निधन भएको थियो ।

Bhancha ghar0

निधन भएका कार्कीका परिवारलाई स्कुलले आफ्नो तर्फबाट १५ हजार, शिक्षक शिक्षिका र संस्थापकको तर्फबाट २५ हजार नो सय १० गरी ४० हजार नौ सय दश आर्थिक सहयोग गरिएको हो ।

त्यस्तै स्कुलले उनका तीन वटै छोराछोरीहरुलाई कक्षा १ देखि १० सम्म निःशुल्क रुपमा पढाउने व्यव्सथा समेत गरेको स्कुलका प्रिन्सिपल शान्ति भट्टले जानकारी दिइन ।

उनका छोरीहरु एलिना कार्की ७ कक्षामा, आहाना कार्की १ कक्षामा पढ्दै छिन् भने कान्छा छोरा अहिल स्कुल भर्ना नगरेको स्कुलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.