चुरे गाउँपालिकाको महत्वपूर्ण निणर्य सहित पहिलो बैठक सम्पन्न

अत्तरिया, १८ जेठ– कैलालीको चुरे गाउँपालिकाले महत्वपूर्ण निणर्य सहित कार्यपालिकाको पहिलो बैठक सम्पन गरेको छ ।
गाउँपालिकाले बुधबार विभिन्न निणर्यहरु गर्दै कार्यपालिकाको पहिलो बैठक सम्पन्न गरेको हो ।

त्यस्तै कार्यपालिकाको बैठकबाट बृद्धबृद्धाहरुलाई निःशुल्क उपचार गाउँपालिकाले गर्ने जनाएको छ । त्यस्तै बैठकले अपाङ्ग असाय गरिब निमुखा द्वन्द पिडित बिद्यार्थीहरुलाई गाउँपालिकाले निःशुल्क शिक्षा दिने बताइएको छ ।

त्यसैगरी गाउँपालिकाले बृद्वबृद्वाले पाउने सामाजिक सुरक्षा भत्ता ल्याउन उनीहरुलाई समस्या हुने भएकाले टोलटोलमा कर्मचारी मार्फत पुर्‍याउने कार्यपालिकाको बैठकबाट निणर्य गरेको छ ।

Loading...