भुमि आयोग केन्द्रिय टोली लालपुर्जा वितरणका लागि अत्तरियाकाे गोदावरी नगरपालिकामा

अत्तरिया, १८ जेठ– कैलालीको गोदावरी नगरपालिका भित्र रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न गत बर्ष पुस २४ गते गोदावरी नगपालिका र भूमिसम्बन्धी समस्या समाधान आयोग बिच सम्झौता भएको थियो भने पछिल्लो चरणमा आयोग मार्फत यस अघि भएका कामलाई पुनः अगाडी बढाउन नगरपालिका र राष्ट्रिय भुमी आयोग बिच सम्झौता भएको थियो ।

उक्त सम्झौता अनुसार नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने काम गरिएको थियो । जस अनुसार गत बर्षको फागुन ४ गते देखि भएको लगत संकलनमा नगरपालिका भित्र १८ हजार ६४ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लगत फारम संकलन गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

गोदावरी नगरपालिकाका बिभिन्न वडामा अहिले पनि सर्बेक्षकको टोलीले नापनक्सा बनाउने कार्य जारी हुदै गर्दा भुमी आयोगका उपाध्यक्ष सहितको टोली यस नगरपालिकामा पुगेको छ । नगरपालिकाका नव निर्वाचित मेयर बिरेन्द्र भट्ट, प्रमुख प्रशासकिय अधिकृत लगायत अन्य कर्मचारी एव् राजनितिक ब्यक्तित्वहरुले स्वागत गरेका छन ।

छलफलमा यसक्षेत्रमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई के कसरी लालपुर्जा वितरण गर्दा प्रभावकारी सँगै हरेक पिडित जनताले आफ्नो भुमीको लालपुर्जा पाउने वारे छलफल भएको थियो । छलफल सँगै नगरपालिकाका प्रमुख भट्टका अनुसार यस पालिका भित्र रहेका जनतालाई ६ महिना भित्रमै सुकुम्बासी र अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा दिने तयारीका साथ काम अगाढी बढाई रहेको कुरा जानकारी दिनुभयो ।

कार्यक्रममा भुमी आयोगका बिज्ञ सदस्य टेक बहादुर शाही, प्रमुख नापी अधिकृत जनकराज भट्ट, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त खत्री, डा. तुल बहादुर साउद, सर्बेक्षक बिरेन्द्र सिंह लगायतको उपस्थीती रहेको थियो । यस नगरपालिकाले आगामी असार मसान्त भित्र अत्तरियाको पहाडरोडको पूर्वी भागको ७१ घरलाई लालपुर्जा दिने प्रक्रिया पनि अगाडी बढेको कुरा जानकारी दिनु भयो ।

Loading...