बडिमालिका शक्तिपीठ दर्शनका लागि राष्ट्रपति भण्डारी बाजुरामा

Bhancha ghar0

बाजुरा, १८ जेठ– राष्ट्रपति विद्यादेवी भण्डारी बाजुरा पुगेकी छन् । बडिमालिका शक्तिपीठ दर्शनका लागि उनि बुधबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेतबाट बाजुरा पुगेकी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

अनौपचारिक भ्रमणको सिलसिलामा हिजो मंगलबार काठमाडौंबाट सुर्खेत पुगेकी राष्ट्रपति भण्डारीले हिजो पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गरेकी थिइन् । भण्डारी हिजो सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बसेकी थिइन् । भ्रमण सकेर उनी बुधबारनै काठमाडौं फर्किने राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अधिकारीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.