Satyawati
Division ban Pahalmanpur

कैलालीमा श्रीमान-श्रीमती मृत फेला

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया, १७ जेठ— कैलालीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नं.७ हरैयामा ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर मृत फेला परेका हुन् ।

Malpot office dadeldhura

श्रीमान घर बाहिर झुण्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तारामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा श्रीमानले पत्नीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार घटनास्थलबाट एउटा खुकरी फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...