अपाङ्गता भएकाहरुलाई सहायक सामाग्री हस्तान्तरण

प्रकाशबहादुर बोहरा
अत्तरिया, १७ जेठ– कैलालीको गोदावरी भित्र रहेका १ दखी १२ नम्वर वडाका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामाग्री हस्तान्तरण गरिएको छ ।

नगर स्तरीय अपाङ्गकार्य संञ्जालद्वारा अपाङ्गता साहयक सामाग्री उपभोक्त समितिको आयोजनामा वितरण गरिएको कार्यक्रममा गोदावरी नगरपालिका अत्तरिया कैलालीको आर्थिक सहयोग रहेको छ ।

Navadurga sun

सहायक सामाग्री हस्तान्तरण इन्द्र बहादुर बोहराको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर उप प्रमुख शारदा रोकाया रहेकी थिइन ।

त्यस्तै विशिष्ठ अतिथीामा गोदावरी नगरपालिकाका महिला शाखाका गोदावरी धामी, प्रभा हमाल रहेकी थिइन । सुदूरपश्चिम प्रदेशको कोषाध्यक्ष गौरीलाल पार्की, सुप समावेशीका प्र.अ. देवी साउँद, अपाङ्ग उत्थामन समाजका अधयक्ष नरदिप धामी, अपाङ्ग एकता समाजका अध्यक्ष अनिल मल्ल, व्हीलचियर युजर अफ एसोशियसनका अध्यक्ष लक्ष्मण विक, एन एन एस डब्लु ए का कृष्णराज भट्ट लगायतको सहभागिता रहेको थियो ।

नगरपालिका भित्र रहेका १ देखी १२ नम्वर वडाका अपाङ्गता भएका व्यक्तिहरुका लागि व्हीलचेयर १० जनालाई, सेतोछडी ६ जनालाई, ट्वाइलेट सेट ३ जनालाई, वाकर ३ जनालाई, बैशाखी १३ जनालाई हेड एयरफोन २ जनालई, कृतिम हात १ जनालाई र कृतिम खुट्टा ३ जनालाई गरी ४१ जनालाई वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनु भएका गोदावरी नगरपालिकाका नगर उप प्रमुख रोकायले अपाङ्गता भएका बालबालीकाहरुको व्यवस्थापनका लागि नगरपालीकाको सधै सहकार्य भइ नै रहने बताइन । उनले अपाङ्गता क्षेत्रमा अझ बढी बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन ।

सुदूरपश्चिम सामावेशी आधारभूत विद्यालयको सभाहलमा भएको सहायक सामाग्री बितरण कार्यक्रमको संचालन विद्यालयकी शिक्षिका कुश्मा जोशीले गरेकी थिइन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...