गेटा मेडिकल कलेजलाई कस्तो स्वरुपमा लैजाने भन्ने बिषयमा संघर्ष समितिले विज्ञ संग छलफल गर्ने

अत्तरिया, १६ जेठ– कैलालीको गेटामा निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेजको मोडालिटी (स्वरुप) का बारेमा विज्ञ संग छलफल गरिने भएको छ ।

‘गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समिति अत्तरिया’ ले मेडिकलको मोडालिटीका बारेमा यस क्षेत्रका विज्ञ संग छलफल गर्न लागेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

सरकारले आर्थिक बर्ष २०७९/०८० का लागि ल्याएको बजेटमा पनि मेडिकल कलेजको मोडालिटी स्पष्ट नभएकाले मोडालिटीको बारेमा छलफल गर्न लागिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले बताए ।

Dadeldhura hospital

उनले बजेटमा सम्बन्धित विश्वविद्यालय अन्तरगत मेडिकल कलेजका रुपमा संचालन गरिने भनिएपनि त्यसमा स्पष्ट नभएको बताए । यसअघि प्रस्ताविक गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय बनाएर संचालन गरिनुपर्ने अध्ययन समितिले सुझाव दिएको थियो ।

तर बजेट भाषणमा उक्त सुझाव नसमेटिएको बारेमा पनि विज्ञ संगको बहसमा छलफल गरिने संयोजक पाण्डेले बताए । सोमबार अत्तरियामा बसेको संघर्ष समितिको बैठकले जेठ २० गते विज्ञ संगको छलफल कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

संघिय सरकारले आइतबार बजेट भाषणमा निर्माणधिन गेटा मेडिकल कलेजलाई सेती, महाकाली अस्पताल संगको सहकार्यमा सम्बन्धित विश्वविद्यालय अन्तरगत संचालन गरिने जनाइएको थियो ।

बजेट भाषण पछि प्रस्तावित गेटा मेडिकल कलेजलाई विश्व विद्यालय अन्तरगत नराखेर स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय बनाएर संचालन गरिनुपर्ने माग गर्दै उक्त निणर्यको बिरोध समेत गरेका छन ।

Loading...