गोदावरीलाई समृद्ध नगर बनाउने गरी काम गर्न नवनिर्वाचित जनप्रतिनिधीहरुलाई निवर्तमान उपप्रमुख कडायतको आग्रह

अत्तरिया, १६ जेठ– कैलालीको गोदावरी नगरपालिकाकी निवर्तमान उपप्रमुख रतना कडायतले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई गोदावरीलाई समृद्ध नगर बनाउने गरी काम गर्न आग्रह गरेकी छन् ।

Ganyapdhura gau

आइतबार गोदावरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कठायतले थुप्रै अधुरा कार्य बाँकी रहेकाले नवनिर्वाचित पदाधिकारीले सुन्दर, सफा, समृद्ध नगर बनाउन र आम नागरिकलाई मुस्कान सहितको सेवा दिनमा ध्यान दिनुपर्ने बताएकी हुन ।

Navadurga sun

‘मैले सिकेको ज्ञान, सिप, प्राप्त अनुभव र नेटवर्कलाई हाम्रो गोदावरी नगर विकास र सम्पूणर् महानगरवासीहरुको सेवाका लागि पदमा नरहेपनि विभिन्न माध्यमबाट सक्रिय भई रहनेछु’ उनले भनिन् -‘समृद्ध नगरका लागि नयाँ जनप्रतिनिधिहरूलाई रचनात्मक सुझाब, सहयोग तथा मार्गनिर्देशन गर्ने हरेक प्रयास गरिरहनेछु ।’

उनले आफनो पाँच बर्षे कार्यकालमा नगरको विकासका लागि थुप्रै कार्य अघि बढाएपनि महत्वपूणर् तथा नगर गौरवका योजनाहरु सम्पन्न हुन नसकेको बताइन् । ‘विगतका पाँच वर्षको कार्यकालमा थुप्रै जनअपेक्षा, जनचाहनाहरू सिमित स्रोतसाधनका बीच हामीले हर सम्भव सम्बोधन गर्नै प्रयास गरेता पनि, समग्र नगरको विकास र समृद्धिको स्पष्ट मार्गभित्रमा सोचे र भनेजस्तो धेरै कार्य पूरा नभएको हुन सक्छ ।

Dadhaldhura pur

किनकी संघीयताको पहिलो अभ्यास थियो’, उनले भनिन -‘स्पष्ट कानुन, ऐन नियमको शुरुवात अभाव, सिमित स्रोतसाधन, दक्ष जनशक्तिको अभाव थियो । पाँच वर्षे कार्यकालको करिब एक चौथाई समय कोरोना महामारीले हाम्रो पालिका पनि विशेष प्रभावित रह्यो । तथापि इमान्दारीपूर्वक जनमतको अक्षरश कदर गर्दै, सिमित अधिकार र कार्य क्षेत्र भित्र रही पुर्वाधार विकास, मानविय, सामाजिक, न्यायिक निरूपण कार्य, विगतको अत्तरिया शहर गाउँ र हालको अवस्था तुलनात्मक रूपमा सफा, सुन्दर र विकासमा केही परिवर्तन भएको छ ।’

उनले नगरभित्र सडक, पुल, नदी तटबन्धन, शुद्ध खानेपानी, सिंचाई, स्वास्थ्य, शिक्षा, विद्यालय भवन, न्याय सम्पादन कार्य, अनुगमन, पर्यटन पुर्वाधार, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको जग्गाको नापि कार्य, कृषिमा आधुनिकिकरण, पशुपालन लगायतका क्षेत्रमा विशेष कार्यक्रम संचालन गरिएको बताइन् । नगरमा ५० किलोमिटर नयाँ सडक निर्माण गरिएको उनले बताइन् ।

२०७४ चुनावमा १२ घण्टा पैदल लाग्ने सल्लि नायल, फुलबस्तिमा बाटो पुर्याई यातायातको साधन सोहि स्थानमा पुग्ने व्यवस्था गरिएको उनले बताइन् । उनका अनुसार ५२ किलोमिटर सडक कालो पत्रे गरिएको छ भने चार वटा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

उनले पाँच वर्षमा न्यायिक समितिमा तीन सय ७५ उजुरी दर्ता भएकोमा तीन सय ५७ उजुरी मिलापत्रमा टुङ्ग्याइएको थियो भने १८ उजुरीको निणर्य गरिएको र १८ उजुरी प्रक्रियामा रहेको जानकारी दिइन् ।

उनले नगरमा १२ वटा मेलमिलाप केन्द्र व्यवस्थापन ७३ मेलमिलापकर्ता सूचीकृत गरिएको जानकारी दिइन् । पाँच वर्षमा सो नगरपालिकाले ५३ वटा ऐन नियम कानुन, निर्देशिका, कार्यविधि निर्माण गरेको छ भने तीन वटा विद्यालयमा प्राविधिक शिक्षा लागू गरेको जनाइएको छ ।

नगरपालिकाले ७ सय जनालाई अपाङ्गता भएको परिचयपत्र वितरण गरेको छ । उनले भर्खरै सम्पन्न निर्वाचनमा नगरबासीले आफूलाई रुचाए पनि प्राविधिक कारणले पराजय भोग्नु परेको बताइन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...