चरेश सहित गोदावरीबाट १ जना पक्राउ

अत्तरिया, १६ जेठ- कैलालीको गोदावरीबाट चरेश सहित १ जना पक्राउ परेका छन । चरेश सहित गोदावरी नगरपालीका वडा नं. ५ गेटा बाट ३६ बर्षीय डम्बर कार्की पक्राउ परेका हुन ।

Bhancha ghar0

दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नं. ३ घर भएका कार्की गेटामा कोठा भाडामा लिएर बस्दै आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चरेशको कारोबार गरी रहेको भन्ने सुचनाको आधारमा कार्की बस्ने कोठाबाट नै ६५० ग्राम ३०० मिलिग्राम चरेश फेला पारिएको प्रहरीले जनाएको छ । कार्कीलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.