कैलालीको अत्तरियामा १५ करोडको लगानीमा अत्तरिया अस्पताल शुरु

अत्तरिया, १६ जेठ- कैलालीको अत्तरियामा १५ करोडको लगानीमा अत्तरिया अस्पताल शुरु भएको छ । अस्पतालले आफ्नो सेवा दिन थालेको छ । उक्त अस्पतालले जेठ १ गतेबाट सेवा शुरु गरेको हो । सोमबार अस्पतालले परिसर मै पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालले दिने सेवाको बारेमा जानकारी दिएको हो ।

Bhancha ghar0

अस्पतालका प्रमुख डा .आनन्द पाठकले २४ घण्टा नै अस्पतालले सेवा दिइरहेको बताए । हाल अस्पतालले १५ बेडको स्वीकृती पाएको भए पनि पछि १०० बेड सम्म जाने गरे भौतिक संरचना बनाइएको डा. पाठकले बताए । उनले हाल अस्पतालमा सबै उपकरणहरु नयाँ र आधुनिक भएको बताए ।

डा. पाठक सँगै हाल अस्पतालमा १० जना अन्य डाक्टरहरुले पनि सेवा दिईरहेको अस्पतालले जनाएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लाका बिरामीलाई लक्षित गरेर सेवाहरु दिने अस्पतालले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.