धनगढी, १५ जेठ– सरकारले आगामी बजेटबाट कैलालीको लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने जनाएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९ ०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले कैलालीको लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने बताए । सुदूरपश्चिममै पहिलोपटक लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने भएको हो ।