
अत्तरिया, १५ जेठ– सरकारले आगामी बजेटबाट कैलालीमा जडिबुटी प्रशोधन केन्द्र संचालन गर्ने नीति लिएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले कैलालीको अत्तरियामा जडिबुटी प्रशोधन केन्द्र संचालन गरिने बताए ।