
सरकारले डडेलधुरामा मेडिकल कलेजको स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०७९/०८०को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले डडेलधुरामा मेडिकल कलेज स्थापना गरिने प्रक्रियाहरू सुरु गरिने बताएका हुन् । डडेलधुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो ।
यस्तै सरकारले आगामी वर्षदेखि स्वास्थ्य बिमा कार्यक्रम पनि बिमा कम्पनीमार्फत गर्ने तयारी गरेको छ । हाल स्वास्थ्य बिमा बोर्डमार्फत यो कार्यक्रम सञ्चालन भइरहेको छ ।