कोरोना जोखिम बढेको भन्दै सुप विश्वविद्यालयमा परीक्षा स्थगित (सूचना सहित)

कञ्चनपुर, १२ बैशाख- सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयले कोरोना जोखिम बढेको भन्दै बैशाख १६ गतेबाट सञ्चालन हुने परीक्षा स्थगित गरेको हो ।

Dadeldhura hospital

शुक्रबार विद्यालयले एक सुचना जारी गर्दै पूर्व निर्धारित समयमै भौतिक रुपमा परीक्षा सञ्चालन गर्ने भनेपनि कोरोना महामारीका बिच परीक्षा स्थगितका लागि विद्यार्थी संगठनले दबाव दिएपछि परीक्षा स्थगित गरेको हो ।

Navadurga sun
Godawari sandesh

शनिबार मात्रै विद्यार्थी संगठनहरुले परिक्षा रोक्न माग गर्दै विश्वविद्यालयमा तालाबन्दी गरेका थिए । आईतबार विश्वविद्यालय सुचना जारी गर्दै अर्को सुचना नआएसम्मका लागि परीक्षा स्थगित गरेको जनाएको छ ।

Loading...