राष्ट्रपति चुरे संरक्षण परियोजनाका लागि २ अर्ब १७ करोड विनियोजन

Bhancha ghar0

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराएका छन् । आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै अर्थमन्त्री शर्माले नदी आसपास थुप्रिएका ढुङ्गा गिटी बालुवा जस्ता पदार्थ सोही क्षेत्रमा तटबन्धमा प्रयोग गरिने बताए ।

नदीले कटान गरेका जमिनको संरक्षण, बायोइन्जिनियरिङ सहितको भूसंरक्षण, वर्षातको पानी संकलन, सिमसार संरक्षण, बाँस रोपन कार्य लगायतका काम गरी चुरे संरक्षणको काम गर्ने जानकारी गराए । यस्तै तराईका नदीनालामा तटबन्ध गरी करिडोरको विकास गरिने योजना राखिएको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.