
बैतडी, १५ जेठ- बैतडीमा एक किशोरी बलात्कृत भएकी छन् । मेलौली नगरपालिका घर भएकी अन्दाजी १६ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।
गत फागुनमा किशोरी बलात्कृत भएपनि अहिले मात्रै जाहेरी आएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयाे ।
बलात्कारबाट किशोरी गर्भवती भएको थाहा भएपछि मात्रै बलात्कारको घटना बाहिर आएको हो । किशोरीमाथि मेलौली नगरपालिका २ का २२ वर्षीय अशोकबहादुर चन्दले बलात्कार गरेको आरोप लागेको छ । आराेेपित चन्द फरार रहेका र पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा चन्दको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
गएको फागुनमा किशोरीमाथि बलात्कार भएको जाहेरीमा उल्लेख गरेको र सोही जाहेरीका आधारमा आरोपित चन्दलाई पक्राउ गर्न अदालतबाट पक्राउ पूर्जी ल्याईसकेको प्रहरीले जनाएको छ । किशोरी बलात्कृत पछि गर्भवती रहेकाे आफन्तले जाहेरीमा उल्लेख गरेकाे भएपनि मेडिकल रिपोर्ट भने आउन बाँकी रहेकाे छ ।
आराेपित चन्द गएको स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी भएर काम समेत गरेको खुल्न आएको प्रहरीले जनाएको छ । पीडित किशोरी अहिले आफन्तकै संरक्षणमा रहेको प्रहरीले जनाएको छ ।
गत फागुनमा खर्क गईरहेकी किशोरीलाई चन्दले दिउँसोको समयमा जवरजस्तीकरणी गरेकाे पीडितका आफन्तकाे आराेप रहेकाे छ ।