गोदावरी -६ चक्कु प्रहार प्रकरण संलग्न मघ्य केही पक्राउ परे,केही आँफै प्रहरी समक्ष समर्पण गरे

अत्तरिया, १५ जेठ- कैलालीको गोदावरी ६ मा बैशाख २९ गते भएको घटना सँग जोडीएकाहरु केही पक्राउ परे भने केही आँफै प्रहरी समक्ष समर्पण गर्न पुगेका छन् ।

गोदावरी -६ का वडा अध्यक्ष जग्गु चौधरीको घरमै पुगेर आक्रमण मा संगल्गन भएको भन्दै १३ जना बिरुद्ध ज्यान मार्ने उधोगमा मुद्दा परेको थियो । उजुरी परेकाहरु मध्य २ जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य आँफै प्रहरी समक्ष हाजिर भएका छन् ।

Bhancha ghar0

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी रबिन्द्र राज पाण्डेले उनिहरु प्रहरीको सम्पर्क आएको पुष्टी गरे । अहिले उनिहरुलाई ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ । उनिहरुको प्रहरीले बयान लिने कार्य गरिरहेको छ । भोली मात्रै सरकारी ओकिलको कार्यालय सम्म उनिहरुलाई पुर्याइने भएको छ।

उक्त दिन अध्यक्ष चौधरीका भाई माथि चक्कु प्रहार भएको थियो । खुकुरी प्रहारबाट वडाध्यक्ष जग्गु चौधरीकी छोरी २३ वर्षिया लक्ष्मी चौधरी, भाई विन्तीराम चौधरी, भाई बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी घाईते भएमा थिए ।

एमालेका कार्यकर्ताहरु मौन अबधीमा त्यँहा जम्मा भएर भोज भतेर गरेको हुन सक्ने भन्दै काँग्रेस समर्थक युबाहरु आएर आक्रमण गरेका थिए । बिन्तीरामले १३ जनाको नाममा किटानी जाहेरी दिएको थियो ।

Leave A Reply

Your email address will not be published.